You are viewing the translated version of सम्बद्ध व्यक्तिहरु बीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु.

Section 33
सम्बद्ध व्यक्तिहरु बीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु
(१) सम्बद्ध व्यक्तिहरु बीच कुनै व्यवस्था भएकोमा सो व्यवस्था सामान्य बजार व्यवहार (आश्र्स लेन्थ) अनुसार सञ्चालन गरिएको भए तिनीहरुको लागि कायम हुनसक्ने कर योग्य आय वा बुझाउनपर्ने कर प्रतिविम्बित हुने किसिमले ती व्यक्तिहरु बीच आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरु विभागले लिखित रुपमा सूचना जारी गरेर वितरण, बिनियोजन वा बाँडफाँट गर्न सक्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित कुनै कुरा गर्दा विभागले देहाय बमोजिम गर्न सक्नेछः-

(क) (कुनै आय, नोक्सानी, रकम वा भुक्तानीको स्रोत र किसिमलाई पुनः चारित्रीकरण गर्न, वा

(ख) कुनै व्यवसाय सञ्चालन गर्न कुनै व्यक्तिले मुख्य कार्यालय खर्च लगायत गर्नु परेको विभिन्न खर्चबाट, सम्बद्ध व्यक्ति वा व्यक्तिहरुलाई फाईदा पुग्न गएकोमा त्यस्तो खर्च व्यवसायको कारोबारको तुलनात्मक आधारमा सम्बद्ध व्यक्तिहरु बीच बाँडफाँट गर्न ।